‘तिमिसंग’ पछी आकाशको नयाँ चलचित्र

loading...

दूई पुस्ताविच हुने सामाजिक द्धन्द्धको कथामा तयार हुने चलचित्र ‘ब्ल्याक’ को निर्माण घोषणा भएको छ। आ-आफ्नो मान्यतामा अडिग रहेपछि बाबु छोराका पुस्तामा हुने लडाइँको बिषय नै चलचित्रको मुख्य कथा रहने बताईएको छ।

प्रदिप श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रको काठमाडौं कमालादीस्थित गणेश मन्दिरमा औपचारिक घोषणा गरिएको छ।आश्मा फिल्म्सको व्यानरमा बन्ने चलचित्रमा आकाश श्रेष्ठ र रेनुका सिंह मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशिल क्षेत्री, प्रिया रिजाल लगायतका कलाकारको अभिनय रहेको छ।
मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतीको छायाकन रहने चलचित्रमा आश्मा पाण्डेको लगानी रहेको छ।

Comments

comments