कसरी तयार भए ‘ठग्स अफ हिन्दुस्तान’ का निर्माता आमिरलाई यति रकम दिन

loading...

बलिउडमा मिस्टर पर्फेक्सनिस्टको रुपमा आमिर खानलाई चिनिने गरिन्छ।  हरेक जसो चलचित्र हिट दिने आमिरको पछिल्लो रिलिज चलचित्र ‘दंगल’ ले विश्वव्यापी रुपमा १७ सय करोड बढीको कमाई गर्न सफल भएको छ। चलचित्रले चीनबाट मात्रै १००० करोड बढी कमाउन सफल भएको थियो।

आमिर यतिबेला चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को तयारीमा रहेका छन्। हरेक चलचित्र हिट दिदै आएका आमिरले चलचित्रको मुनाफाको निकै मोटो रकम लिने गरेका छन्।
प्राय कलाकारले ५० प्रतिशत मात्रै मुनाफाको हिस्सा लिइरहेको बेला आमिरले भने ७० प्रतिशत हिस्सा लिने भएका छन्। आदित्य चोपडा निर्माताको रुपमा रहेको चलचित्रमा अब निर्माताले भने ३० प्रतिशत मात्रै मुनाफा पाउनेछन्।
आमिरको अघिल्लो चलचित्रको कीर्तिमानी व्यापार हेरेर पनि निर्माता उनलाई त्यति मोटो हिस्सा दिन तयार भएको हुनुपर्छ।
चलचित्रमा आमिरको साथमा अमिताभ वच्चन, कैटरिना कैफ, फातिमा सना शेख मुख्य भूमिकामा रहेका छन्।

Comments

comments