जव १६ बर्षपछी अवार्ड समारोहमा पुगे आमिर खान

loading...

बलिउड अभिनेता आमिर खान अभिनयमा निकै अब्बल अभिनेताको रुपमा लिइन्छ। अभिनय कलाले सवैको मन जित्न सफल आमिर कुनै पनि अवार्ड समारोहमा नपुगेको १६ बर्ष बितेको छ। तर १६ बर्ष पछी आमिर हालै एक अवार्ड समारोहमा पुगेका थिए। त्यति हाई प्रोफाईल अवार्ड नमानिएको उक्त अवार्ड समारोहमा आमिरलाई ७५ औ मास्टर दिनानाथ मंगेशकर अवार्ड प्रदान गरिएको थियो।


गायिका लता मंगेशकरको परिवारद्वारा संचालित उक्त अवार्ड आमिरलाई चलचित्र ‘दंगल’ को लागि दिएको हो।
यसअगाडी आमिर १६ वर्ष अगाडी ओस्कार अवार्डमा सहभागीमा थिए। त्यो समय उनि ‘लगान’ चलचित्रबाट ओस्कारको लागि मनोनयनमा परेका थिए। देशभित्र हुने सवै अवार्ड बहिष्कार गर्दै आएका उनले १६ बर्ष पछी आफ्नो अडान तोडेका छन्। -एजेन्सी

Comments

comments