श्रीमतीको प्रोडक्सनमा प्याड बनाउदै अक्षय कुमार

loading...

सन् २०१६ अक्षय कुमारका लागि निकै फलदायी रहयो।  सन् २०१६ मा उनले तीन वाट चलचित्रलाई बक्स अफिसको १०० करोड क्लबमा पुर्याएर एउटा नयाँ आयाम ल्याएका छन्। सन् २०१७ पनि उनका लागि निकै फलदायी हुने अपेक्षा गरिएको छ।   २०१७ मा अक्षयका ४ चलचित्र रिलिज हुने भएका छन्।  प्रदर्शनमा आएका ४ चलचित्रमा उनलाइ फरक फरक भूमिकामा देख्न सकिने छ।  
यस अगाडी २०१७ मा तीन चलचित्र रिलिज हुने घोषणा गरिएकोमा उनको नया चलचित्रको रिलिज मिति पनि २०१७ लाई नै तय गरिएको छ।  ट्विंकल खन्नाको प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘प्याडमेन’ मा अक्षय कुमार मुख्य भूमिकामा रहेका छन्।   ट्विंकल खन्नाको किताब ‘- द लीजेंड अफ लक्ष्मीप्रसाद’ बाट साभार गरिएको सेनीटरी प्याड बनाउने रोलमा अक्षयलाइ देख्न सकिनेछ। चलचित्र सत्य कथामा आधारित रहेर निर्माण गरिने बताईएको छ ।

Comments

comments