अक्षयकुमारको हिट चलचित्र ‘जोलीएलएलबी २’ को रिमेक बन्दै

loading...

बलिउड खिलाडी अक्षय कुमारको सफल चलचित्र ‘जोली एलएलबी २’ को रिमेक बन्ने भएको छ। १०० करोड माथिको कारोबार गर्न सफल चलचित्रको तेलगु भाषामा रिमेक बन्ने भएको हो।

सुभाष कपुरले निर्देशन गरेको चलचित्र ‘जोली एलएलबी’ को सिक्वेल हो। ‘जोली एलएलबी’ सन् १०१३ मा रिलिज भएको थियो। ‘जोली एलएलबी २’ को रिमेकमा तेलगु सुपरस्टार वेन्कटेशले निर्वाह गर्दैछन्। निर्माता एस. राधाकृष्णले यो चलचित्रको रिमेक राइट्स १.७५ करोडमा खरिद गरेका छन्।- एजेन्सी

Comments

comments