हातमा लोटा र लाल्टिन बोकेर कता हिडे अक्षयकुमार ?

loading...

बलिउड खिलाडी अक्षय कुमारको नयाँ चलचित्र ‘टोइलेट: एक प्रेम कथा’ को पोष्टर सार्वजनिक भएको छ। अभिनेता अक्षय कुमारले चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरेका हुन्। यस अगाडी चलचित्रको तीन पोष्टर सार्वजनिक गरिसकेका छन्। सार्वजनिक नयाँ पोष्टरमा अक्षयले एक हातमा लाल्टिन र अर्को हातमा लोटा बोकेको देखाईएको छ। चलचित्रको ट्रेलर ११ जुनमा रिलिज हुनेछ।


यो चलचित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रोजेक्ट ‘स्वच्छ भारत अभियान’ मा आधारित रहेको छ। श्री नारायण सिंहले निर्देशन गरेको चलचित्रमा भूमि पेडनेकर अक्षयको श्रीमतीको भूमिकामा देखिदैछिन्। चलचित्र ११ अगस्टमा रिलिज हुनेछ।

Comments

comments