‘चलचित्रमा काम गर्न सक्ने सम्भावना कहिले टर्दैन’, अन्जु पन्त(भिडियोसंवाद)

loading...

नेपाली सांगीतिक आकाशमा स्वर्ण अक्षरमा आफ्नो नाम  लेखाउन सफल बनेकी गायिका हुन्, अन्जु पन्त। करिव ६ हजार गीत अन्जु पन्तको स्वरमा रेकर्ड भैसकेका छन्। एकल, पार्श्व, युगल गायन सबै क्षेत्रमा उनि फिट छिन्। झट्ट हेर्दा कुनै नायिका भन्दा कम नदेखिने उनि गायन संगै आफ्नो सौन्दर्यता बाट समेत सबैलाई प्रभावित पार्ने क्षमता राख्छिन्। यहि सौन्दर्यताले गर्दा नेपाली सिने क्षेत्रका धेरै निर्माताहरु उनलाई लिएर चलचित्र बनाउने कोशिसमा रहन्छन्, बिगत ११ बर्षबाट उनको सौन्दर्यताको कारणले नै उनलाई चलचित्रमा सयौ अफर आईसकेका छन्। तर उनले आएका हरेक अफरलाई अस्विरकार गर्दै आएकी छिन्। कति सम्म भने गएको बर्ष सुपरहिट बनेको चलचित्र ‘परदेशी’ को अफर समेत उनले अस्विकार गरेकी थिइन्।


आखिर किन उनि बारम्बार आएका अफर अस्विकार गर्छिन त?
क्यानडा नेपाल संगको कुराकानीमा उनले भनिन्,’चलचित्रका अफरहरु धेरै आउने गर्दछन्। आज सम्म कुनै चलचित्रमा काम गरेकी छैन। भोलिका दिनमा के हुन्छ त्यो थाह छैन। आफ्नै जीवन माथि बन्ने चलचित्रमा काम गर्ने सोचाईमा छु तर यो भन्दा बाहिरको चलचित्रमा पनि काम गर्न सक्छु होला। तर त्यो भने भबिस्यमा नै थाह होला।’
देश देखि बिदेशका कार्यक्रममा सधै व्यस्त हुने अन्जु को अब चलचित्र यात्रा कहिले सूरु ? त्यो भविष्यले नै बताउला। गायक मनोज राज संग को बैबाहिक जीवन असफल भएपछी यतिबेला उनि आफ्नि छोरी संग बस्दै आएकी छिन्।

Comments

comments