भदौमा अनमोल र शृष्टि भिड्न तयार , एकै मितिमा आउनेछ ‘कृ’ र ‘रोमियो एण्ड मुना’

loading...

पुर्व मिस नेपाल शृष्टि श्रेष्ठ अनमोल केसी स्टारर चलचित्र ‘गाजलु’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। बर्ष २०७३ मा रिलिज भएको चलचित्रबाट दुवैले निकै राम्रो तारिफ पनि बटुल्न सफल भए। ‘गाजलु’ पछी अनमोल र शृष्टिले कुनै पनि चलचित्रमा साथ काम गरेका छैनन्। अनमोल ‘कृ’ को तयारीमा रहेका छन् भने शृष्टि ‘रोमियो एण्ड मुना’ मा काम गर्दैछिन्।
अनमोल केसी अभिनित चलचित्र प्रदर्शन हुँदा अरु निर्माताहरु उनीसंग चलचित्र भिडाउन तयार हुदैनन्। कसैले भिडाएका छन् भने ती निर्माताहरु नराम्ररी डुबेका छन्।


तर यो भिडमा शृष्टि अनमोल संग भिड्न तयार भएकी छिन्। भदौ ९ गतेलाई रिलिज मिति तय गरेको अनमोल केसी स्टारर चलचित्र ‘कृ’ संग भिड्न शृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘रोमियो एण्ड मुना’ तयार भएको हो।

हाल छायाकन भैरहेको चलचित्र ‘रोमियो एण्ड मुना’ का निर्माता तथा कलाकार विनय श्रेष्ठले फेसबुक मार्फत चलचित्र भदौ ९ गते रिलिज हुने जानकारी दिएका छन्।
दुवैको मल्टिपेल्क्समा निकै राम्रो पकड रहेको छ र दुवैको चलचित्र मल्टिपेल्क्स लक्षित रहेका छन्। दुवैको भिडन्त सिनेमा घरमा कास्तो रहने हो त्यो भने हेर्न लायकको बिषय रहने छ।

Comments

comments