यस्तो छ २० लाख खर्च गरेर बनाईएको अनमोलको ‘कृ’को क्लाइमेक्स लोकेशन

loading...

युवा स्टार अनमोल केसीको ‘कृ’ को यतिबेला धमाधम छायांकन भैरहेको छ । गोप्य लोकेशन बनाएर बडीगार्ड सहित चलचित्रको छायाँकन भैरहेको छ । अनमोल केसीको लुक्स लुकाउन निर्माण टिमले सक्दो प्रयास गरिरहेको छ ।

तर विगत १० दिन देखि खिचिदै आएको चलचित्रको क्लाइमेक्स सिनको केहि तस्विर बाहिरिएका छन् । करिव ५ दिन अझै लाग्ने बताईएको चलचित्रको क्लाइमेक्स सिन काठमान्डौ बाहिर छायाँकन भैरहेको छ ।

चलचित्रको क्लाइमेक्स खिच्नको लागि २० लाख भन्दा बढी रकम खर्चिएको बताईन्छ । सुवास गिरि र भुवन केसीको निर्माणमा तयार हुँदै रहेको चलचित्रको अनुमानित बजेट साढे २ करोड माथि बताईएको छ ।
चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।


चलचित्रको क्लाइमेक्स खिच्नको लागि १०० जनाको टिम १० दिनदेखि व्यस्त रहेको वुझिएको छ । चलचित्रमा अदिति बुढाथोकी र अनमोल केसी मुख्य भूमिकामा रहेका छन् । पुरुषोत्तम प्रधानले खिचिरहेको चलचित्रको टिजर चाडै सार्वजनिक हुने बताइएको छ ।

तस्विर: अनलाइनखबर

Comments

comments