आफ्नै घरमा किन कैदी बने अनमोल? यस्तो छ कारण

loading...

युवापुस्ताका लोकप्रिय कलाकर हुन, अनमोल केसि। अनमोल यतिबेला आफ्नो पाचौ चलचित्रको तयारीमा रहेका छन् । आफ्नो पहिलो चलचित्र ‘होस्टेल’ बाट नै सफलताको स्वाद चाखेका अनमोलले अभिनय गरेका चारवटै चलचित्र हिट बनेका छन् । प्राय: सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने अनमोल पछिल्लो केहि समयबाट कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्।

यतिबेला उनी आफ्नो पाचौं चलचित्र ‘कृ’ को तयारिमा रहेका छन् । २० लाख पारिश्रमिक लिएर ‘कृ’ साईन गरेका अनमोल यो चलचित्रको लागि निकै मिहिनेत गरिरहेका छन् । आफ्नो लुक्स बाहिर सार्वजनिक नहोस भनेर उनी कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएका हुन। यो चलचित्र अनमोल नव- नायिका अदिती बुढाथोकी सङ स्कृन शेयर गर्दैछन् ।

Comments

comments