अनमोलको कमाल ,पाँच चलचित्र पाँच फरक हिरोईन

    loading...

    नेपाली सिने जगतमा पछिल्लो पुस्ताका सफल अभिनेता हुन् अनमोल केसी। बर्ष दिनको अन्तरालमा मात्रै चलचित्रमा देखिने अनमोलले गज्जबकै फ्यान फलोइंग बनाएका छन्। उनले आफुले अभिनय गरेका चार वटा चलचित्र नै व्यवसायिक हिसावले सफल दिएका छन्। जति चलचित्रमा काम गरेका छन् अनमोलले निर्मातालाई फाईदा नै दिएका छन्।

    अनमोल यतिबेला आफ्नो पाँचौ चलचित्र ‘कृ’ को तयारीमा रहेका छन्। २० लाख पारिश्रमिक लिएर जोडतोडले चलचित्रको तयारीमा लागेका अनमोलको यो चलचित्रको छायांकन फाल्गुनको अन्तिम बाट सुरु हुने जानकारी गराईएको छ।

    ‘होस्टल’ चलचित्रबाट डेव्यु गरेका अनमोलले आफ्नो पाँचौ चलचित्र सम्म आईपुग्दा हरेक चलचित्रमा फरक अभिनेत्री संग काम गरेका छन्। फरक मात्रै हैन उनले सवै नयाँ अभिनेत्री संग काम गरेका छन्। अनमोल संग नै स्क्रिन शेयर गरेर डेब्यु गरेका अभिनेत्रीले राम्रै चर्चा समेत कमाएका छन्।

    आफ्नो पहिलो चलचित्र ‘होस्टेल’ मा अनमोलको अपोजिटमा प्रकृति श्रेष्ठ देखिएकी थिइन्। निकै सफल बनेको चलचित्र बाट उनले राम्रै चर्चा पाईन्। प्रकृति यतिबेला विवहा गरेर अस्ट्रेलियामा रहेकी छिन्।

    अनमोलको दोश्रो चलचित्र ‘जेरी’ रहेको थियो। आफ्नो दोश्रो चलचित्रमा अनमोलले नव-नायिका आना शर्मा संग स्क्रिन शेयर गरेका थिए। चलचित्र रिलिज ताका दूईको प्रेम सम्वन्धले निकै राम्रो चर्चा समेत पायो। तर उक्त चलचित्र पछी दुवै कुनै चलचित्रमा देखिएका छैनन्। आना यतिबेला आफ्नो नयाँ चलचित्र ‘ग्याङ्गस्टार ब्लुज’ को तयारीमा रहेकी छिन्।

    अनमोलको तेश्रो रिलिज चलचित्र ‘ड्रिम्स’ थियो। बर्ष २०७२ मा रिलिज भएको चलचित्र निकै सफल बन्यो। आफ्नै पिता भुवन केसीको निर्देशनमा तयार भएको चलचित्रमा उनले नव-नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह संग स्क्रिन शेयर गरेका थिए। साम्राज्ञी अनमोल संग काम गर्ने अभिनेत्रीहरुमा सवैभन्दा सफल अभिनेत्रीमा पर्ने गर्छिन्। उनले वर्ष २०७३ मा डेव्यु नायिकाका हरेक अवार्ड आफ्नै पोल्टामा पर्न सफल भईन र पछिल्लो समय एक पछी अर्को चलचित्रमा अभिनय समेत गरिरहेकी छिन्।

    अनमोलको पछिल्लो रिलिज चलचित्र ‘गाजलु’ हो। यो चलचित्र बर्षको सफल चलचित्रमा एक पर्ने गर्दछ। यो चलचित्रमा उनले पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ संग स्क्रिन शेयर गरेका थिए। चलचित्रबाट निकै राम्रो प्रशंसा पाएकी सृष्टि पछिल्लो समय चलचित्र क्षेत्रमा नै व्यस्त छन्।

    अनमोल यतिबेला आफ्नो पाँचौ चलचित्रमा समेत नयाँ अभिनेत्रीको साथमा अभिनय गर्ने तयारीमा रहेका छन्। भारतीय मोडलिङमा सक्रिय अदिति बुढाथोकी संग अनमोल काम गर्ने तयारीमा रहेका छन्। निकै लामो समय बाट यहि चलचित्रको तयारीमा दत्त चित्त बनेर लागेका अनमोलको यो चलचित्र कस्तो बनेर आउने हो सवैको चासोको बिषय समेत रहेको छ।

    आफुले अभिनय गरेका चार चलचित्रमा चार वटा नै सफल दिएका अनमोलको नयाँ अभिनेत्री मोह पनि गज्जबकै रहेको छ
    पाँचौ अभिनेत्री संगको अनमोलको पाँचौ चलचित्र कस्तो रहने हो त्यो चै भविष्यले नै बताउला?

    Comments

    comments