फरक गेटअपमा देखिदै अनुपविक्रम शाही

loading...

दर्शकमाझ अनुप विक्रम शाहीले ह्यान्डसम भिलेनको रुपमा आफ्नो परिचय बनाएका छन्। उनले भिलेनको रुपमा अभिनय गरेका चलचित्रमा उनको भूमिका दर्शकले मन पराएका छन्।


तर छायाँकनरत चलचित्र ‘कमलेको बिहे’ मा भने उनि फरक भूमिकामा देखिने भएका छन्। बाहिरिएका केहि तस्विरमा उनले चलचित्रको लागि आफ्नो गेटअप परिवर्तन गर्न निकै मिहेनत गरेको देखिन्छ।

गुपचुप रुपमा छायाँकन गरिएको चलचित्रको छायाँकन सकिए लगत्तै केहि तस्विर बाहिरिएका छन्। बाहिरिएका तस्विरमा अनुप निकै फरक भूमिकामा देखिएका छन्। लामो विग्रिएको कपाल, पावरवाला चश्मा र लामो टुप्पी पालेको भूमिकामा देखिएका छन्। बाहिरिएको तस्विरमा अनुप फरक फरक भूमिकामा देखिएका छन्।


चलचित्रमा उनले सन्ध्या केसी संग विवहा गर्न गरेको संघर्ष देखाईएको छ। प्रसन्न पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा विदुर पाण्डेको छायांकन रहेको छ।

Comments

comments