के दर्शकले रुचाउलान् अनुपको नयाँ गेटअप? यतो देखिए कमलेको बिहेमा (ट्रेलरसहित)

loading...

दर्शकले अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेनको रुपमा चिन्ने गर्दछन् । हसिया चलचित्रमा भिलेनको रुपमा डेव्यु गरेका अनुपलाई सोहि भूमिकामा दर्शकले रुचाए ।

तर उनलाई चलचित्र ‘कमलेको बिहे’ मा भने दर्शकले भिन्न रुपमा देख्न पाउने भएका छन्। सधै देखिआएको भन्दा विल्कुलै फरक गेटअपमा अनुप देखिएका छन्। सन्ध्या केसी र अनुप विक्रम शाही मुख्य भूमिकामा रहेको चलचित्रमा अनुप एक पण्डितको भुमिकामा देखिएका छन्। लामो टुप्पी पालेको ब्राम्हण युवाको भुमिकामा अनुप देखिएका छन् । सरिता लामा निर्माताको रुपमा रहेको चलचित्रमा दिपक बिष्ट ‘गौली’ कार्यकारी निर्माता रहेका छन् ।
प्रशन्न पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा अनुप र सन्ध्याको साथमा विनोद न्यौपाने, इशान ढकाल, रेशु तामाङ लगायतको अभिनय रहेको छ ।

Comments

comments