के रेखाको कारण बिग्रियो आर्यन सिग्देल र दिनेश राउतको सम्बन्ध ?

loading...

अभिनेता आर्यन सिग्देल र निर्देशक दिनेश राउतले साथमा केहि सफल चलचित्र दिए। नोभेम्बर रेन, क्लासिक जस्ता सफल चलचित्र यी दुईले साथमा दिएका छन्। चलचित्र वृतमा यी दुईको मित्रताको खुबी चर्चा चलाईयो। दुवैले नेपाली चलचित्र क्षेत्रमा अझ केहि सफल चलचित्र दिने आंकलन समेत गरियो। तर दिनेशका पछिल्लो दुई चलचित्रमा आर्यन अभिनेताको रुपमा रहेनन्।

जेठ १२ मा प्रदर्शनमा आएको चलचित्र ‘पर्व’ मा आर्यनको ठाउँमा कोशिश क्षेत्री अभिनेताको रुपमा देखा परे। त्यस्तै दिनेश राउतको घोषित नयाँ प्रोजेक्ट ‘टकिला सनराइज’ मा पनि आर्यन मुख्य अभिनेताको रुपमा नरहने पक्का भैसकेको छ। दिनेशको चलचित्रमा आर्यन नरहने पक्का भैसकेको छ र चलचित्रको लागि आर्को नायकको खोजि भैरहेको छ।

आर्यन करिव सात बर्ष सम्म अभिनेत्री रेखा थापा संग चिसिएको सम्बन्ध सुमधुर बनाउदै चलचित्र ‘रुद्रप्रिया’ को छायाँकनमा व्यस्त रहेका छन्। रेखा थापा संगको निकटता र चलचित्रको छायाँकानमा उनि व्यस्त भएको कारण दिनेश राउतले उनलाई चलचित्रमा नलिएको चर्चा सिनेनगरीमा पछिल्लो समय चल्न थालेको छ।

त्यसो त आर्यन कुनै समय रेखा क्याम्पमा नै चर्चित थिए। तर बढेको स्टारडमको कारण रेखा र आर्यन छुट्टिए। रेखा क्याम्पबाट आर्यन दिनेश राउत क्याम्पमा प्रवेश गरे। तर सात बर्षपछी पुन दिनेश राउत क्याम्पलाई बिदा गर्दै आर्यन रेखा तीर फर्किए। छायाँकनरत चलचित्र रुद्रप्रिय कार्तिक २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
अब चाडै नै औपचारिक घोषणा गर्न लागिएको चलचित्र ‘टकिला सनराइज’ मा आर्यनलाई कसले रिप्लेश गर्ला त्यो भने भविष्यले बताउला?

Comments

comments