फेसबुकले जुराएको बाबु बोगटी र फुलु बोगटीको प्रेम कथा (भिडियोसहित)

loading...

गायक बाट नायक बनेका बाबु बोगटी अभिनय र गायन कलाले निकै लोकप्रिय छन्। पप गायकको रुपमा छवी बनाएका बाबुले बाटो मुनिको फूल, बितेका पल, सायद, बाटोमुनीको फुल २ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्। २०१० मा बाटो मुनिको फूल चलचित्र मार्फत चलचित्र यात्रा सुरु गरेका बाबु अभिनय र गायन दुवै क्षेत्रमा सक्रिय छन्। जम्मुना, फेरी त्यो दिन, सन्नानी, जब साँझ पर्छ लगायतका धेरै गीतमा आवाज दिएका बाबुको निकै राम्रो फ्यान फलोईङ रहेको छ।
बाबु बोगटीले अमेरिकामा बसोबास गर्ने फुलु बोगटी संग विबहा गरेका छन्।

अमेरिकाको बसोबास गर्ने फुलु संग प्रेम विवहा गरेका बाबु एक छोराको पिता बनिसकेका छन्। तडकभडक नगरी सुटुक्क विबहा गरेका बाबुको वैवाहिक जीवन निकै रमाइलो रहेको बाबु बताउछन्।

अमेरिकामा बस्ने फुलु संग बाबुको भेट सामाजिक संजाल फेसबुकमा भएको थियो। फेसबुकमा दुवैलाई जोडिदिने सेतुको   काम प्रकाश आङ्दाम्वेले गरेका थिए। कहिलेकाही हाईहेल्लो मात्र चल्ने यो जोडीको प्रेम गासिनमा बाबुकी आमाको महत्वपूर्ण भूमिका थियो।
बिगतमा फर्कदै बाबु भन्छन्, ‘एकदिन फेसबुकमा फुलुको प्रोफाईल हेर्दै गर्दा ममीले आएर उनको बारेमा सोध्नुभयो। ममीको साथीको प्राय छोराछोरीको विवहा भैसकेको बेलामा ममीले मलाई सधै बिवहाको प्रेसर दिईरहनुहुन्थ्यो। फेसबुकमा उनको तस्स्विर देखेपछी ममीले तैले विवहा गर्ने केटि यहि हो भन्दा मैले पनि हो भनिदिए. सायद भाग्यले हामी दुईलाई एक हुन लेखेको रहेछ।’

फुलु भन्छिन्, ‘म उहाको त्यस्तो ठुलो फ्यान थिइन्। उहालाई पाउन पाए हुन्थ्यो जस्तो कहिले लागेन। कहिलेकाही सामाजिक संजालमा कुराकानी हुन्थ्यो। तर जब नेपालबाट उहा (बाबु)को ममीले बारम्बार फोन गरेर बुहारी बनाउने कुरा गर्नुहुन्थ्यो तब लाग्यो भाग्यले उहालाई नै मेरो जीवनसाथि बनाईदिएको छ।’

अमेरिकाबाट फुलु बोगटी बिदामा नेपाल आएको बेला सहकर्मी सन्तोष निरौलाले बाबु र फुलु संग गरेको रमाईलो कुराकानी भिडियोमा प्रस्तुत गरेका छौ।

Comments

comments