अव चीनमा ‘बाहुबली २’

loading...

भारतमा सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘बाहुबली २’ अब चीनमा प्रदर्शन हुने भएको छ। चीनलाई भारतीय चलचित्रको नयाँ बजारको रुपमा लिने गरिन्छ। यसअगाडी आमिर खान स्टारर चलचित्र ‘दंगल’ चीनमा रिलिज भएको थियो। आमिर खानको चलचित्रलाई चीनमा निकै रुचाउने गरिन्छ।

आमिर खानको चलचित्रले चीनमा १०० करोड माथिको कमाई गर्न सफल भएको थियो। अब त्यहि होडमा प्रभासको बाहुबली २ पनि रहेको छ। सेप्टेम्बर २७ बाट चलचित्र ‘बाहुबली २’ चीनमा रिलिज हुनेछ। तर दंगलको तुलनामा बाहुबलीले निकै कम हाल पाएको छ। दंगल सात हजार बढी हलमा प्रदर्शन भएको थियो भने बाहुबली एक हजार बढी हलमा मात्र प्रदर्शन हुने खबर बाहिरिएको छ। एसएस राजमौलीले निर्देशन गरेको चलचित्रमा प्रभास, अनुष्का शेट्टी लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments