‘बाहुबली २’ रिलिज डेट अन्योल , यस्तो छ कारण

loading...

सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बाहुबली’ बक्स अफिसमा रेकर्ड ब्रेक ब्यापार गर्न सफल भएको थियो। कटप्पा ले बाहुबली लाई किन मारे?, भन्ने प्रश्नले सवैलाई कौतुहलतामा राखेको छ। यहि प्रश्नको जवाफ स्सहित्को सिक्वेलाको प्रतिक्षामा यतिबेला सवैजना रहेका छन्। यसको सिक्वेल निर्माण समेत भैसकेको छ। २८ अप्रिल २०१७ मा रिलिज हुने भनिएको चलचित्रको रिलिज मिति पछाडी सर्न सक्ने सम्भावना देखिएको छ।

प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी र तमन्ना भाटिया मुख्य भूमिकामा रहेको चलचित्र २०१७ को बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको छ। तर यसको सम्पूर्ण काम पुरा नभएको र केहि समय लाग्ने भएकाले यसको रिलिज डेट २८ अप्रिल मा अन्योलता छाएको हो।

Comments

comments