बर्षाको तस्विर बाहिरिदा दिपालाई तनाव

loading...

बर्ष २०७३ मा सर्वाधिक सफल बन्न सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ को छायाँकन सकिने तयारीमा रहेको छ। एउटा गीतको छायाँकन बाहेको आज जेठ ३१ गतेबाट चलचित्रको छायाँकन सकिने निर्माण टिमले जनाकारी दिएको छ। छक्का पन्जाका अधिकांश कलाकारको साथमा केहि नयाँ कलाकार लिएर चलचित्र निर्माण भएको छ।

तर चलचित्रका केहि कलाकारको कारण निर्देशक दिपाश्री निरौला तनावमा आएकी छिन्। उनले केहि कलाकार र उनीहरुको लुक्स गोप्य राख्न खोजेकी थिइन्। तर ती कलाकारको लुक्स बाहिरीएपछी निर्देशक निरौला तनावमा आएकी हुन्।
विशेष गरि उनले अभिनेत्री बर्षा राउतको लुक्स लुकाउन खोजेकी थिइन्। तर बर्षा स्वयम र अन्य कलाकारले उनको तस्विर सार्वजनिक गरिदिएपछि दिपाश्री तनावमा परेकी हुन्। त्यसो त केहि समय अगाडी हामीले नै तपाईको लागि बर्षा राउतको लुक्स सहितको समाचार तपाईको लागि प्रस्तुत गरेका थियौ।

दिपाश्रीका अनुसार,’ कलाकारहरु आफ्नो लुक्स बाहिर नआओस भन्दा पनि सामजिक संजाल बाट बाहिरिए। अब अर्को पटकबाट कलाकार संग तस्विर सार्वजनिक नगर्ने कन्ट्रयाक्ट नै गर्छु।’ चलचित्रमा सार्वजनिक तस्विर हेर्दा बर्षालाई बिल्कुलै फरक गेटअपमा देख्न सकिन्छ।

असोज ११ मा रिलिज हुने चलचित्रमा प्रियंका कार्की, दिपकराज गिरि, स्वस्तिमा खड्का, केदार घिमिरे, शिवहरी पौडेल, स्वरूप पुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments