फिल्मिखबर पत्रिका आठौं बर्षमा प्रवेश, बर्षा र कालीप्रसाद ‘बर्ष व्यक्ती घोषित’

loading...

साप्ताहिक पत्रिका ‘फिल्मिखबर’ ले प्रकाशनको आठौं वर्ष प्रवेश गरेको अवसरमा यो बर्षको बर्ष व्यक्ति महिला र पुरुष घोषित गरेको छ । पत्रिका स्थापनाको ७ बर्ष पुरा गरेर आठौ बर्ष पुरा गरेको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा अभिनेत्री बर्षा राउत र गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा बर्ष व्यक्ति महिला र पुरुष घोषित भएका छन्।
लगातार तीन चलचित्र हिट दिएकी बर्षा नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा उदाएकी छिन्। ‘नाई नभन्नु ल ४, छक्का पन्जा र जात्रा जस्ता सफल चलचित्रमा अभिनय गरेकी बर्षा चौथो चलचित्र ‘मेरो पैसा खोई’ मा सुटिङमा व्यस्त छिन्।

यस्तै बर्ष पुरुष घोषित भएका कालीले धेरै सफल चलचित्रका गीतमा आफ्नो आवाज र संगीत भरिसकेका छन्।
बनमन्त्री शंकर भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा रेखा थापा, संचिता लुईटेल, जितु नेपाल, दिपकराज गिरि, दिपाश्री निरौला, छुल्ठिम गुरुङ लगायतको उपस्थिति रहेको थियो।

Comments

comments