तीनवटा चलचित्र हिट भएपछि रेट त बढाउनै पर्यो नि- बर्षा राउत (भिडियोसहित)

loading...

अभिनेत्री बर्षा राउतलाई नेपाली चलचित्र क्षेत्रकी भाग्यासाली अभिनेत्रीको रुपमा लिईन्छ। म्युजिक भिडीयोमा जम्दै गर्दा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी बर्षाले हालसम्म तीनवटा चलचित्रमा अभिनय गरेकी छिन्।

विकास आचार्यको ‘नाई नभन्नु ल ४’ मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेकी बर्षाको पहिलो चलचित्र नै सफल चलचित्र बन्यो।त्यसपछि बर्षा चलचित्र ‘छक्का पन्जा’मा देखिईन्। नेपाली चलचित्र ईतिहासको सफल चलचित्रले बर्षालाई थप उचाईमा पुर्यायो। यसै वर्ष प्रदर्शन भएको अर्को चलचित्र ‘जात्रा’ मा देखिएकी बर्षाले आफ्नो अभिनयले सवैलाई मोहित बनाईन्। व्यावसायिक हिसावले सफल चलचित्र ‘जात्रा’ले समीक्षकको पनि राम्रो साथ पायो।

तर तीनवटा चलचित्र हिट भएपनि त्यसको पूर्ण श्रेय भने बर्षाले पाएकी छैनन्। पहिलो चलचित्र सफलताको श्रेय निर्देशक विकास आचार्य र नव-अभिनेता पल शाहाले पाए भने दोश्रो चलचित्रको सम्पूर्ण श्रेय दिपक-दीपाले लिए। तेश्रो चलचित्रको श्रेय केहि पाए पनि चलचित्र पूर्ण रुपमा निर्देशन पक्ष र विपिन कार्की, रविन्द्र झा माथि दर्शक केन्द्रित भए।

यतिबेला बर्षा आफ्नो चौथो चलचित्र ‘मेरो पैसा खोई’ को सुटिङमा व्यस्त छिन्। भारतीय निर्देशकले निर्देशन छाडेपछि निर्माता रोज राणाले आफै निर्देशनको जिम्मेवारी लिएर चलचित्रको छायाँकन गरिरहेका छन्।

चलचित्रको लागि बर्षाले महँगो पारिश्रमिक लिएको निर्माण पक्षले जानकारी दिएको छ। स्वयम् बर्षाले पनि यो कुरा स्विकार गर्दै भनिन्,’ मैले लगातार तीन वटा चलचित्र हिट दिए। अव पनि कम पारिश्रमिकमा काम गर्न अलिक सम्भव नहोला नि ।कति ४०-५० हजारमा काम गर्नु अब त अलिक रेट बढाउनै पर्यो नि।’

त्यसो त बर्षाको पैसाको डिमाण्ड मात्रै यो चलचित्र मार्फत पुरा भएको हैन। उनको अर्को एउटा चाहना पनि पुरा भएको छ।त्यो हो अभिनेता सौगात मल्ल संग स्क्रिन शेयर गर्ने। कुनै बेला सौगात संग स्क्रिन शेयर गर्न मन लागेको बताउने बर्षा सौगताकै हिरोईन् भएर चलचित्रमा कम गरिरहेकी छिन्।

चलचित्र ‘मेरो पैसा खोई’ मार्फत बर्षाका चाहना त पुरा भए। अब लगातार तीनवटा हिट चलचित्र काम गरे पनि त्यसको पूर्ण श्रेय नपाएकी बर्षाको चौथो चलचित्र कस्तो बन्ने हो त्यो भने भविष्यले बताउला?

Comments

comments