‘मलाई कन्ट्रोभर्सिमा आएर हैन काम गरेर पब्लिकमा चिनिनु छ’, बर्षा शिवाकोटी

    loading...

    म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बर्षा शिवाकोटीले ५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन्। ‘नाइँ नभन्नु ल २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी बर्षाले त्यसपछि ‘पशुपति प्रसाद’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ र ‘कारखान’ मा अभिनय गरिसकेकी छिन्। ‘लप्पन छप्पन’ चैत्र ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ भने कारखाना जेठ महिनामा रिलिज हुने तयारीमा रहेको छ।

    पाँच वटा चलचित्रमा अभिनय गरेर पनि मिडियामा पाउनु पर्ने चर्चा र बजारमा देखिनु पर्ने हाईप बर्षाको कम नै छ। यो कुरालाई पनि स्विकार्दै बर्षा भन्छिन्, ‘मलाई लाग्दैन बजारमा चर्चा पाउनु पर्ने त्यस्तो ठुलो काम पनि मैले गरेकी छु। जति काम गरेकी छु त्यो भन्दा बढी नै चर्चा पाएकी छु जस्तो लाग्छ मलाई।’

    त्यस्तो त बर्षा सोलो हिरोईन् को रुपमा अभिनय गरेका चलचित्र समेत प्रदर्शना आएका छैनन्। उनि अभिनित जति चलचित्र प्रदर्शना आए उनी त्यसमा छोटो भूमिकामा देखिएकी छिन्। बर्षा चलचित्र ‘लप्पन छप्पन’ बाट त्यो खोजिएको उचाई पाउने कोसिसमा छिन्। चलचित्रमा उनि सोलो अभिनेत्रीको रुपमा रहेकी छिन्।

    मल्टीस्टारर रहेको चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र सौगात मल्लले प्रमोशनको समय नदिईरहेको अवस्थामा बर्षालाई मिडिया र दर्शक सामु छाउने राम्रो अवसर समेत मिलेको छ। हरेक जसो ठाउमा बर्षा नै प्रमोशनको लागि पुगेकी छिन्। त्यसो गर्दा बर्षाले मिडियामा बनाउनु पर्ने एकप्रकारको हाईप बनाउने अवसर समेत यो चलचित्रले दिइरहेको छ।
    त्यसो त बर्षालाई कन्ट्रोभर्सिमा नफस्ने अभिनेत्रीको रुपमा पनि लिने गरिन्छ। उनको बारेमा न त्यति धेरै प्रेमको गसिप बन्ने गर्दछन् न अरु कुनै बिषयमा नै।

    यो कुरालाई स्वयम् बर्षा पनि स्विकार गर्ने गर्दछिन्। बर्षा भन्छिन्,’ मलाई कन्ट्रोभर्सिमा परेर हैन आफ्नो काम देखाएर माथि आउनु छ। फेरी मेरो पारिवारिक पृष्ठभूमि पनि यो क्षेत्रको हैन। त्यसैले पनि कन्ट्रोभर्सी पचाउन मेरो परिवार अनि मेरा आफन्तलाई अलिक सहज छैन। सानो नकारात्मक कुराले पनि ठुलो असर पुर्याउन सक्छ। त्यसैले म कन्ट्रोभर्सीमा आउन चाहान्न।’

    अनि प्रेम सम्बन्ध नि। बर्षा हास्दै भन्छिन्, ‘अहिले सम्म प्रेम परेको छैन। मलाई लाग्छ यो उमेर मेरो प्रेममा पर्ने भन्दा पनि करियरमा फोकस हुने बेला हो। पक्कै त्यो दिन आउनेछ जुन दिन म पनि मायामा पर्नेछु।’ उनि थप्छिन्, ‘अब जो संग माया बस्छ त्यहि संग घरजम गर्ने हो।’

    चैत्र ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन’ मा बर्षा शिवाकोटी, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ। बर्षा भन्छिन्, ‘चलचित्रमा केहि फरक भूमिकामा देखिएकी छु। चलचित्रमा मिहेनत गरेर काम गरेकी छु।आशा छ दर्शकले मलाई माया गर्नुहुनेछ।’

    Comments

    comments