भद्रगोल किन रोकियो?, ‘बेलासे’ ले खुलाए कारण (भिडियोसहित)

loading...

नेपाली दर्शकमाझ टेलिचलचित्र ‘भद्रगोल’ निकै लोकप्रिय रहेको छ। भद्रगोलका हरेक पात्रले दर्शकको मनमा निकै राम्रो छाप छोड्न सफल भएको छ। तर निकै लामो समयबाट ‘भद्रगोल’ फ्यानले टेलिभिजनमा आफ्नो लोकप्रिय टेलिशृङ्खला हेर्न पाएका थिएनन्। तर माघ २८ गते शुक्रबार बाट भद्रगोल पुन टेलिभिजनको पर्दामा आउन थालेको छ।


भद्रगोल बन्द भए संगै यसका निर्माता सुवास कार्की ‘बेलासे’ माथि अनेका आरोप लागे। उनलाई कलाकारलाई पैसा नदिएको, सम्पर्कमा नआएको र विदेश भागेको जस्ता आरोप लगाईएको थियो। तर यी सवै बाधा चिर्दै भद्रगोल पुन: टेलिभिजनको पर्दामा आउन थालिसकेको छ।
आखीर किन तोकिएको थियो त् भद्रगोल ? यस बिषयमा बेलासे भन्छन् विभिन्न आर्थिक कारणले गर्दा भद्रगोल रोकिएको हो. अव विस्तारै सवै कुरा मिल्दै गएको छ। भद्रगोल अब निरन्तर आउनेछ।

बेलासे संग गरिएको कुराकानी

Comments

comments