भदौमा अनमोल भर्सेस सौगात, निशाको ‘झ्यानाकुटि’ रिलिज मिति कन्फर्म

loading...

पछिल्लो समय चलचित्र निर्माण घोषणा संगै चलचित्रको प्रदर्शन मिति तय गर्ने होडबाजी समेत चल्ने गरेको छ। यहि क्रममा छायाँकनरत चलचित्र ‘झ्यानाकुटी’ ले आफ्नो रिलिज मिति तय गरेको छ। निशा अधिकारीको निर्माणमा तयार भैरहेको चलचित्रले भदौ ८ गतेलाई रिलिज मिति तय गरेको छ। वितरक सुनिल मानन्धरले चलचित्र भदौ ८ गते रिलिज हुने जनकारी दिएका हुन्।

यसअगाडी युवा स्टार अनमोल केसी स्टारर चलचित्र ‘कृ’ ले आफ्नो रिलिज मिति भदौ ८ गतेलाई तय गरिसकेको छ।
यसअर्थमा भदौ ८ गते अनमोल केसी र सौगात मल्लको स्टारडमको लडाई हुने पक्का देखिएको छ। दुवै कलाकार नेपाली चलचित्र दर्शकमाझ निकै लोकप्रिय छन्। ‘कृ’ फ्लोअरमा जान बाँकी रहेको छ भने ‘झ्यानाकुटि’ छायाँकानमा रहेको छ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘झ्यानाकुटिमा सौगात मल्ल, बेनिशा हमाल र कर्मा शाक्य मुख्य भूमिकामा रहेका छन्।

Comments

comments