‘जय परशुराम’ ले नफर्काएको विराजको क्रेज , के फर्काउला ‘हर्के राजा’ ले ?

loading...

कुनै समय नेपालमा एक्सन नायकको रुपमा चर्चित थिए, विराज भट्ट। करिब पाँच बर्ष पहिलेसम्म विराजले नेपाली चलचित्र क्षेत्रमा दबदबा कायम गरेका थिए। तर उनि एक्कासि भोजपुरी चलचित्र तर्फ आकर्षित भए।

भोजपुरी चलचित्रमा सफलता हासिल गरेपछि उनि गएको बर्ष चलचित्र ‘जय परशुराम’ लिएर नेपाली दर्शकमाझ आए। तर उनलाई दर्शकले पत्याएनन्। उनको चलचित्र फ्लप बन्यो। चलचित्र फ्लप बनेसंगै उनले नेपाली चलचित्रमा अभिनय गर्लान् वा नगर्लान् भन्ने चासो सवैतीर सुरु भयो।

तर अव विराज नयाँ नेपाली चलचित्रमा देखिने भएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा देखिएका विराजले आफु नेपाली चलचित्र क्षेत्रबाट टाढा नभएको बताएका छन्। उनले नयाँ नेपाली चलचित्रको स्क्रिप्ट लेखनको कार्य भैरहेको बताएका छन्।
चलचित्रको बारेमा धेरै नबोल्ने बताउदै उनले आफ्नो नयाँ चलचित्रको नाम ‘हर्के राजा’ रहने बताएका छन्। चलचित्रमा दीपक घिमिरे र सन्दिप सापकोटा मुख्य कलाकारको रुपमा फाइनल भएको समेत जानकारी विराजले दिए। साउन २९ बाट छायाँकानमा जाने बताईएको चलचित्रले गुमेको विराजको क्रेज फर्काउला या नफ़र्काउला त्यो भने भविष्यमा नै थाहा होला?

Comments

comments