‘बाहुबली’हिरो प्रभाससंग किन काम गर्न मानेनन् यी दुई बलिउड नायिका ?

loading...

यतिबेला चलचित्र ‘बाहुबली २’को चर्चा चुलिएको छ । प्रदर्शन भएको दुई हप्ता भइसक्दा पनि यसको चर्चा कम भएको छैन । यसै चलचित्रबाट अभिनेता प्रभासको चर्चा झनै बढ्दो छ । साउथ चलचित्रमा चलेका प्रभास यतिबेला बलिउडमा पनि चर्चित छन् । उनीसंग काम गर्न नायिकाहरु लालयित भइरहेका छन् ।


तर, बलिउडका दुई नायिकाले भने  प्रभाससंग काम गर्ने मानेनन् । प्रभासको नयाँ चलचित्र ‘साहो’मा बलिउड नायिका श्रद्धा कपूरलाई अफर गरिएको थियो । तर श्रद्धाको पारिश्रमिक बढि भएको कारण निर्माताले उनको डिमाण्डलाई पुरा गर्न सकेनन् । श्रद्धाले ‘साहो’को लागी ८ करोड मागेकी थिइन ।
यस्तै, पछिल्लो समय चर्चामा रहेकी अर्की नायिका दिशा पटानीलाई पनि चलचित्रको लागी भनिएको थियो । दिशाले चलचित्रको लागी ५ करोड पारिश्रमिक मागे पछि निर्माताले उनको डिमाण्ड पुरा गर्न सकेनन् । बढि पारिश्रमिकको कारण यी दुई नायिकाले प्रभाससंग काम गर्न पाएनन् । त्यसो त श्रद्धा र दिशा बलिउडको बक्स अफिसमा त्यति सफल हुन सकेका छैनन् ।

Comments

comments