‘करोडपति’ मा नीता र आर्यनको जोडी, छायाँकनको लागि भारतबाट राजपाल यादव नेपालमा

loading...

मंगलबार शुभ साइत गरेर बुधबारबाट ‘करोडपति’ शिर्षक राखेर एउटा चलचित्रको छायाँकन भैरहेको छ। करिव एक दशक अगाडी भुवन केसी अभिनित चलचित्र ‘करोडपति’ सुपरहिट बनेको थियो।


सोहि नाम सापटी लिएर आर्यन अधिकारी र नीता ढुंगानालाई मुख्य भूमिकामा लिएर नयाँ ‘करोडपति’ छायाँकन शुरु भएको छ।
अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको चलचित्रमा चर्चित भारतीय कमेडीयन अभिनेता राजपाल यादव पनि मुख्य भूमिकामा रहेका छन्। यो चलचित्रकोलागि राजपाल यादव नेपाल आईसकेका छन्। उनले करिव २ साता नेपालमा छायाँकन गर्ने बताईएको छ।
उनीसंगै करिव २ जना भारतीय कलाकारको पनि चलचित्रमा अभिनय गर्ने बताइएको छ। राजपाल यादवको सवै दृश्य खिचिसकेपछी चलचित्रको युनिट जोमसोम र मुस्ताङ जाने बताईएको छ।

Comments

comments