बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चनको प्रेम जीवन

loading...

बलिउड सुन्दर अभिनेत्री ऐश्वर्य राय बच्चन एक सन्तानकि आमा हुन्। अभिनेता अभिषेक बच्चनकी श्रीमती ऐश्वर्यले प्रोफेसनल र पर्सनल लाईफ निकै राम्रो संग अगाडी बढाएकी छिन्।
अभिषेक संग विवहा गर्नु अगाडी ऐश्वर्य राय बच्चनको नाम धरै संग जोडिएको थियो। उनि केहि पुरुष संग प्रेममा रहेकी थिइन्।

१. राजिव मूलचादनी

ऐश्वर्य राय मोडलिङको समयमा राजिव संग प्रेममा रहेको चर्चा चलेको थियो। राजिव पनि त्यो समय मोडल थिए। सुटिङको क्रममा नजिकिएका दुवैको प्रेम सम्वन्धको चर्चा चलेको थियो। पछी राजिवको मनिषा कोईराला संगको निकटताको चर्चा चलेपछि ऐश्वर्य संगको सम्बन्ध सकिएको थियो।

२.सलमान खान
बलिउड सुल्तान सलमान खान र ऐश्वर्य राय बच्चनको प्रेम सम्बन्ध एकपटक निकै चर्चित थियो। दुवैको प्रेम सम्बन्धले मीडियामा निकै राम्रो स्थान पाएको थियो। सन् १९९९ तीर चलचित्र ‘हम दिल दे चुके सनम’ को समयमा यी दूईको निकटता बढेको थियो। करिव दूई बर्ष सम्म यी दुईको प्रेम सम्बन्ध चलेको थियो। विवहाको चर्चा चल्दै रहदा यी दूइको सम्बन्ध बिग्रिएको थियो।

३. विवेक ओबराय
अभिनेता सलमान खान संगको सम्बन्ध चिसिएपछि ऐश्वर्य राय र विवेक ओबराय नजिकिएका थिए। सलमान संगको विछोडको पिडा भुल्न ऐश्वर्यलाई विवेकको साथ मिलेको थियो। दुवैको निकटता पश्चाता सलमानले विवेकलाई धम्कि समेत दिएका थिए। विवेकले ऐश्वर्यलाई मन पराए पनि ऐश्वर्यले उनलाई एक असल साथी मात्रै मानेको बताईन्छ।-एजेन्सी

Comments

comments