सम्वन्ध चिसिएका बलिउड कलाकार

loading...

एजेन्सी, बलिउडमा चर्चित चलचित्र निर्देशक करण जोहरले आफ्नो बायोग्राफीमा बलिउडका धेरै कुरा खुलाएका छन्। उनले काजोल र अजय संग आफ्नो झगडाको बिषयमा समेत खुलाएका छन्। उनले आफ्नो बयोग्राफिमा खुलाएका पाच चर्चित चिसिएका सम्वन्धको बारेमा यहा चर्चा गर्दैछौ:

१ आमिर खान र रेखा


आमिर खानका पिता ताहिर हुसैन बलिउडका चर्चित चलचित्र निर्माता हुन्। उनले ८० को दशकमा धेरै चलचित्र निर्माण गरेका छन्। ८० को दशकमा नै उनले एक चलचित्रमा रेखालाई मुख्य भूमिकामा लीएका थिए। सुटिङ को दौरानमा रेखाले धेरै पटक समय नदिएकाले र चलचित्रको सुटिङ पनि बारम्बार गर्नु परेको कुरा नजिक बाट देखेका आमिरले कहिले पनि रेखा संग काम गरेका छैनन्।

२. शाहरुख खान र अजय देवगन


यी दूइको सम्वन्ध राकेश रोशनको चर्चित चलचित्र ‘करण अर्जुन’ को समयमा चिसिएको थियो। राकेशले पहिला यो चलचित्रको लागि अजय र शाहरुखको लागि अफर गरेका थिए। अजयले शाहरुखलाई अफर गरेको रोल गर्ने चाहना व्यक्त गरेका थिए। तर पछी चलचित्रमा सलमानको प्रवेश भए संगै अजयले शाहरुखलाई धोकेबाजको रुपमा हेरेका थिए।

३. राकेश रोशन र अनुराग कास्यप


सन् २००६ मा रिलिज भएको राकेश रोशनको चलचित्र ‘कृष’ लाई अनुराग कस्यपले दोश्रो दर्जाको चलचित्र भनेर टिप्पणी गरेका थिए। उनले सुभाष घई को एक्टिङ स्कुलमा अनुरागले लेक्चर दिने क्रममा सो अभिव्यक्ति दिएका थिए।

४.सानी देवल र आदित्य चोपडा


सानी देवल र आदित्य चोपडा बीच चलचित्र ‘डर ‘ समय बाट सम्वन्ध चिसिएको हो। चलचित्र ‘डर’ सानीले आफुले सोचे जस्तो नपाएपछी यी दूई बिचको चिसिएको सम्वन्ध अहिलेसम्म पनि सुध्रिएको छैन।

५.अजय देवगण र करण जोहर


करण जोहर र अजय देवगण बिचको सम्वन्ध ‘कुछ कुछ होता है’ को समयबाट चिसिएको थियो। उनले चलचित्रको सुटिङ को दौरानमा शाहरुख, रानी र काजोललाई एक विज्ञापनमा खेलाएको थिए। त्यहि समयबाट अजयको व्यवहार करन संग चिसिएको बताईएको छ।

Comments

comments