‘स्टूपिड मन र लम्फू’ हिरोईन् चाँदनीले कस्ने भईन् लगनगाँठो

loading...

चलचित्र ‘स्टूपिड मन’मा काम गरेर निकै राम्रो चर्चा बटुल्न सफल अभिनेत्री हुन्, चाँदनी शर्मा। पहिलो चलचित्रमा नै निकै राम्रो सफलता हासील गरेर चलचित्र निर्मानता निर्देशकको नजरमा पर्न सफल शर्मा त्यसपछि जापान पुगिन्। जापानमा भएकाले नेपाली चलचित्रमा नदेखिएकी शर्माले लम्फु चलचित्रको छायाँकन सम्पन्न गरेकी छिन्।

तस्बिरः अज्जु पोख्रेलको फेसबुकबाट

उनै अभिनेत्री शर्माले विवहा गर्ने भएकी छिन्। केहि बर्ष देखि मोडल अज्जु पोख्रेल संग प्रेम सम्बन्धमा रहेकी चाँदनीले बैशाख २५ गते विवहा गर्ने भएकी हुन्। बालकुमारीमा साथीभाई र आफन्तमाझ दुवैको विवहा हुने बताईएको छ। चलचित्रकर्मीहरुको लागि बैशाख २८ गते पार्टीको आयोजना गरिएको छ।

Comments

comments