‘छक्का पन्जा २’ को निर्माण घोषणा, दिपाश्रीले नै लिईन निर्देशनको जिम्मा

loading...

नेपाली चलचित्र ईतिहासमा सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’ कि निर्देशक दिपाश्री निरौलाले निर्देशनको नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ। फागु पुर्णिमाको अवसर पारेर आमा सरस्वती मुभिजको ब्यानरमा चलचित्र निर्माणको घोषणा गरिएको हो। चलचित्र छक्का पन्जाको पछाडी २ थपेर बन्ने नयाँ चलचित्रको नाम ‘छक्का पन्जा २’ राखिएको छ।


दिपाश्री निरौलाको निर्देशनमा नै बन्न लागेको चलचित्रको कथावस्तुमा काम भैरहेको जानकारी गराईएको छ। चलचित्रमा ‘छक्का पन्जा’का कलाकारको नै बाहुल्यता रहेको छ। दिपकराज गिरि, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत चलचित्रको लागि फाइनल भैसकेका छन्।

चलचित्रमा अब एक नायक र एक नायिका फाइनल हुन् बाँकी रहेको बताईएको छ। चलचित्रमा दर्शकाले नयाँ कथावस्तु र नयाँ स्वाद पाउने बताईएको छ। नयाँ र पुरानो जेनेरेशनको प्रतिनिधित्व गर्ने बताईएको चलचित्रको जेठ १० गतेबाट छायांकन जेठ सुरु गरिनेछ।

Comments

comments