फेरियो दिपक दीपाको ‘छक्का पन्जा’को सिक्वेलको रिलिज मिति र नाम

loading...

बर्ष २०७३ को सफल चलचित्र ‘छक्का पन्जा’को सिक्वेलाको निर्माण घोषणा भैसकेको छ। केहि दिन अगाडी कलाकार तथा निर्माता दिपकराज गिरीले सामाजिक संजाल मार्फत ‘छक्का पन्जा’को दोश्रो भाग निर्माणको घोषणा गरे। चलचित्रको नाम त्यतिबेला ‘छक्का पन्जा २’ जुराईएको थियो। तर केहि दिन पछी जव दिपक- दिपा मिडिया सामु आए उनीहरुले चलचित्रको नाम ‘छक्का पन्जा फेरी’ राखिने बताए। उनीहरुले चलचित्रलाई ‘छक्का पन्जा’ को सिक्वेल भन्दा पनि यसको दोश्रो शृंखला भन्न उपयुक्त हुने बताए। उनीहरुले भदौ १६ गते चलचित्र रिलिज गर्ने घोषणा समेत गरे।


तर पछिल्लो समय चलचित्रको रिलिज मिति र चलचित्रको नाम दुवै फेरिएको जानकारी गराईएको छ। निर्देशनको जिम्मेवारी लिएकी दीपाले चलचित्रको नाम ‘छक्का पन्जा २’ नै राखिने निर्णय भएको बताईन्। त्यस्तै चलचित्रको रिलिज मिति फेरिएको जानकारी समेत गराईएको छ। निर्माण टिमका अनुसार चलचित्रको नयाँ रिलिज मिति असोज ११ गतेलाई तय गरिएको छ।
भदौमा बर्ष २०७४ का प्रतिक्षित मानिएका चलचित्र रिलिज हुने तयारीमा रहेका छन्।

अनमोल केसी, आना शर्मा, शृष्टि श्रेष्ठ अभिनित चलचित्रहरुले भदौ महिनालाई नै रिलिज मिति तय गरेका छन्। यो अर्थमा पनि चलचित्रले आफ्नो प्रदर्शन मिति असोजमा सारेको हुन सक्छ। दिपाश्री निरौलाले निर्देशन गर्ने तयारी भैरहेको चलचित्रमा ‘छक्का पन्जा’ मा काम गरेका अधिकंश कलाकार दोहोरिएका छन् भने दूई जना नयाँ कलाकार(एक हिरो र एक हिरोईन्) को खोजि भैरहेको छ।

Comments

comments