४० दिनको सेड्युल बनाएर सुरु भयो ‘छक्का पन्जा २’ को सुटिङ

loading...

निर्देशक दिपाश्री निरौलाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘छक्का पन्जा २’ को छायाँकन सुरु भएको छ। बिहिबार सूर्यविनायक मन्दिरमा चलचित्रको शुभमुहर्त गर्दै छायाँकन आरम्भ भएको हो। चर्चित हास्यकलाकारहरुको बाक्लो उपस्थितिको विचमा चलचित्रको मुहर्त गरिएको थियो।

असोज ११ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रमा दिपकराज गिरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, निश्चल बस्नेत, स्वरूप पुरुष ढकाल, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
बर्ष २०७३को सफल चलचित्र ‘छक्का पन्जा’ निर्माण टिमले नै तयार पार्न लागेको चलचित्रलाई सिक्वेलाको रुपमा नबुझ्न अनुरोध गरिएको छ।

केहि नयाँ कलाकार तथा प्राविधिक थपिएको चलचित्र टिमबाट केहि कलाकार तथा प्राविधिक बाहिरिएका छन्।
पहिलो चलचित्र सफल भएको कारण त्यो भन्दा राम्रो चलचित्र बनाउन पर्ने दवाब महसुस भैरेहेको निर्देशक दिपाश्री निरौलाले बताईन्।

Comments

comments