चैत्र ११ गते दया-सौगात भर्सेस निखिल, कस्ले मार्ला बाजी?

loading...

यो वर्ष नेपाली चलचित्र दर्शकले धेरै प्रकारका चलचित्रको स्वाद चाख्न पाए। स्टार कास्टले भरपुर चलचित्रको आनन्द दर्शकले यो बर्ष पनि लिए। नेपाली चलचित्र बजारमा स्टार कलाकारको चलचित्रको दर्शकको लाइ लडाई कहिलेकाही गज्जबकै रहने गर्दछ। नेपाली चलचित्रका सफल कलाकारमा सौगात मल्ल, दयाहाङ राई र निखिल उप्रेती शिर्ष स्थानमा नै रहने गर्दछन्। आफ्नो एक्सन शैलीले निखिल उप्रेतीले निकै राम्रो दर्शक पाएका छन् भने सौगात मल्लले आफ्नो अभिनयमा राखेको भर्सटायलीटिले निकै राम्रो फ्यान फलोईङ बनाएका छन्। त्यस्तै दयाहाङ राईले पनि आफ्नो अभिनयले निकै कलाले धेरैको मन लुट्न सफल भएका छन्।

यी तीन कलाकार अभिनित दुई चलचित्र चैत्र ११ गते एक साथ प्रदर्शनमा आउदैछन्। एकातर्फ आफ्नो पुरानै एक्सन शैलीमा निखिल ‘निर्भय’ लिएर दर्शकको साथमा आउदैछन् भने अर्कोतर्फ दया र सौगातको ‘लप्पन छप्पन’ पनि दर्शकको मन लुट्न तयार भएका छन्। चैत्र ११ गतेको लडाई गज्जबकै हुने यो अर्थमा पनि देखिन्छ नि निखिल उप्रेतीको दम मल्टीप्लेक्समा खासै चल्दैन भने सिंगल थिएटरमा निखिलको नै बोलबाल चल्ने गर्दछ। दया र सौगातको मल्टीप्लेक्समा एकछत्र राज रहने गर्दछ भन्दा पनि फरक पर्दैन।

यो अर्थमा दुवैको लडाईको मैदान केहि फरक भए पनि यसबाट निस्कने नतिजाले दुवै चलचित्रलाई असर भने पक्कै पार्ने गर्दछ। मल्टीप्लेक्समा र सिंगल थिएटरका दर्शक केहि फरक भए पनि एकसाथ दूई चलचित्र आउँदा पक्कै पनि केहि असर भने देखिने छ।

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको ‘निर्भय’ मा निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा रहेका छन्।
त्यस्तै मुकुन्द भट्टको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘लप्पन छप्पन’ मा दयाहाङ राई, सौगात मल्ल, बर्षा शिवाकोटी, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments