दिपकराज गिरीको स्पष्टीकरण, ‘ताली बजाउन मात्रै आएको भनेको छैन’

loading...

अरु अवार्ड समारोह जस्तै यो बर्षको ‘पाँचौ एनएफडिसी अवार्ड’ पनि विवादरहित रहन सकेन। सेलिब्रेटीको पातलो उपस्थितिमा भएको समारोहमा वीचमा नै दिपकराज गीरी र दिपाश्री निरौला बाहिरिएका थिए।

उनीहरुको साथमा केदार घिमिरे र जीतु नेपाल पनि बाहिरिए। चलचित्र ‘छक्का पन्जा’ मा आफुले सोचेको विधामा अवार्ड नपाएको कारण दिपक-दिपा बाहिरिएको समाचारले अनलाईन मिडियामा निकै राम्रो स्थान पायो। अनलाइन मिडियामा अवार्ड समारोहको भन्दा पनि दिपक- दिपा बाहिरिएको बिषयलाई विभिन्न कोण बाट समाचार लेखियो। अनलाइन मिडियामा दिपाश्रीले ,’अवार्डमा हामी ताली मात्रै बजाउन आएको हैन’ भनिन् भनेर उल्लेख गरियो।

सदाझैँ यो पटक पनि फेसबुकमा स्टाटस राख्दै दिपकराज गिरीले स्पष्टीकरण दिए। सानो सानो कुरालाई चोटिलो पाराले स्टाटस बनाएर लेख्न दिपकराज गिरि माहिर मानिन्छन्। यो पटक पनि त्यस्तै भयो।

दिपकराज गिरीले लेखेको स्टाटस यस्तो छ:
स्पष्टीकरण ……….
केहि अन लाइनमा आएका न्यूजको बारेमा मेरो धारणा:
हामि अवार्ड समारोह बाट बिचमा हिडेको सहि हो
तर ” तालि मात्रै बजाउन आको भनेको चाहि होइन”
१)एउटा बिहेमा जॉदा दुलहि नभित्र्याइन्जेल बस्नु पर्छ भन्ने छ र?
२) अवार्ड थाप्न पर्दा फिल्मका कार्यकारी निर्माता त्यहि हुनुहुन्थ्यो
३) बिश्वभर बाहुबली ले रेकर्ड
तोडदा नेपालमा तोडन सकेन, त्यत्रो अवार्ड पाएका छौ
नेपाली दाजू भाइ दिदी बहिनी बाट…
४) अवार्ड समारोह भब्य थियो, सभ्य थियो,कसै प्रति बैरभाब छैन
अवार्ड पाउने कुनै बिदेशी होइनन् , नेपाली नै हुन्
सबैलाइ बधाइ … दीपाजी , प्रियंकाजी केदारजी
लगायत फिल्मका निर्माताहरू लाइ….
यो स्पष्टीकरण मेरा आदरणिय दर्शकका लागि…….!!!!

पटक पटक अवार्ड समारोहको बीच बाट नै बाहिरिने अनि फेसबुक मार्फत स्पष्टीकरण दिने दिपकको पुरानो बानी नै भैसक्यो। आफुले अवार्ड पाए ताली बजाएर बस्ने नपाए आधा बाट नै कार्यक्रम छाडेर हिड्ने भन्ने आरोप दिपकले बारम्बार खेप्दै आएका छन्।

 

Comments

comments