दिपक-दिपा भन्छन् ”छक्का पन्जा २’ होईन ‘छक्का पन्जा फेरी”

loading...

यो बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल निर्माणको तयारीमा रहेको छ। नेपाली चलचित्र ईतिहासका धेरै रेकर्ड ब्रेक गर्न सफल चलचित्रको सिक्वेल बन्ने घोषणा केहि दिन अगाडी गरिएको थियो। चलचित्र निर्माता तथा कलाकार दिपकराज गिरीले केहि दिन अगाडी मात्रै सामाजिक संजाल मार्फत ‘छक्का पन्जा २’ को घोषणा गरेका थिए।

अधिकांश पुराना कलाकारको नै बाहुल्यता रहने चलचित्रको नयाँ नाम जुराईएको छ। दिपाश्रिले निर्देशनको जिम्मा लिएको चलचित्रको नाम ‘छक्का पन्जा फेरी’ जुराईएको छ। चलचित्रको लागि एक नायक र एक नायिकाको खोजि भैरहेको दिपक-दीपाले बताए। नाम चलेको कलाकार नै चलचित्रमा अनुबन्धित हुने सम्भावना दिपक-दीपाले दिए।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रको छायाँकन जेठ १० गतेबाट आरम्भ गर्ने तयारी भैरहेको छ। चलचित्रको कथा विकासराज आचार्यले तयार पारेका छन्।
‘छक्का पन्जा’ जहा अन्त्य भयो त्यहि बाट कथा सुरु नहुने कलाकार दिपकराज गिरीले जानकारी दिए। दिपक भन्छन्,’जहाँ कथा सकियो त्यहि बाट नयाँ कथा सुरु हुने छैन। तर चलचित्र हेरिरहदा दर्शकले ‘छक्का पन्जा’लाई याद गर्नेछन्।’

Comments

comments