किन पटक पटक बाहिरिन्छन् अवार्ड समारोहको बीचबाट नै दिपा दिपा ?

loading...

नेपालमा मात्रै हैन संसारभरका नै अवार्ड समारोहहरु विवादरहित रहन सकेका छैनन्। अवार्ड कसरी र के का आधारमा मापन गरेर वितरण गरिन्छ भन्ने कुराको आंकलन पछिल्लो समय लगाउन सकिएको छैन। आम सोचाईमा उत्कृष्ट लागेका चलचित्रहरु जुरीको नजरमा सर्वोत्कृष्ट नहुन पनि सक्छन्। अनि अवार्डमा उत्कृष्ट नठहरिएकै निउमा कतिपयले आक्रोश समेत पोख्ने गरेका छन्।

गएको बर्ष ब्लकबस्टर बन्न सफल भयो चलचित्र ‘छक्का पन्जा’। कमाईको हिसाबले अब्बल ठहरियो।  चलचित्रको गीत संगीत देखि यसको पटकथा र पुरुषोत्तम प्रधानको छायाँकन सम्म सबैले रुचाए।

तर शनिबार साँझ सम्पन पाचौ ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ मा यी कुनै पनि विधामा चलचित्र ‘छक्का पन्जा’ सर्वोत्कृष्ट ठहरिएन। यहि आक्रोशमा निर्देशक दिपाश्री निरौला र निर्माता तथा कलाकार दिपकराज गिरि अवार्ड समारोहबाट बाहिरए।  दुवै निस्किए लगत्तै चलचित्रले ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक’ चलचित्र पुरस्कार प्रदान गरियो।
अवार्ड घोषणा संगै केहि बेर अगाडी सम्म कार्यक्रम स्थलमा देखिएका दिपक- दीपाको निकै खोजि भयो। स्टेजमा निकै समय सम्म दुवैको प्रतीक्षा पनि भयो। तर पटक पटक बोलाईदा पनि दुवै स्टेज नउक्लिएपछी अभिनेत्री प्रियंका कार्की, वितरक प्रदिप उदय, कार्यकारी निर्माता निर्मल शर्मा लगायतको चलचित्रको टिमले अवार्ड लिए।

दिपक र दिपा अवार्ड समारोहलाई छाडेर बाहिरिएको यो पहिलोपटक हैन। यसअगाडी पनि सिक्किममा सम्पन्न इनास अवार्ड र राजधानीमा सम्प्पन अर्को एक अवार्ड समारोहलाई पनि बीचमै छाडेर दिपक दिपा बाहिरिसकेका छन्।
दिपक दीपाले आफुले अवार्ड पाए राम्रो नपाए नराम्रो भन्ने गरेको चर्चा पनि बेलाबखत मा सुन्ने गरिन्छ।

निर्देशक दिपाश्री निरौलाले एक अनलाईन मिडियालाई पाउनुपर्ने विधामा नै अवार्ड नपाउँदा आफुहरु बाहिरिएको बताएकी छिन्। उनले आफुहरु ताली बजाउनको लागि मात्रै अवार्ड समारोहमा नपुगेको बताएकी छिन्।  छक्का पन्जा बाट प्रियंका कार्की सर्वोत्कृष्ट नायिका बनिन् भने दिपाश्री निरौला सर्वोत्कृष्ट निर्देशक ठहरिइन।

हरेक जसो अवार्ड समारोहमा पुगे पनि आफुले सोचेको विधामा अवार्ड नपाएपछी आक्रोशित मुद्रामा बीच समारोहबाट नै बाहिरिने बानीले गर्दा दिपक-दिपा सधै चर्चाको बिषय बन्ने गर्दछन।

 

Comments

comments