‘आन्तरिक प्रतिस्पर्धालाई बिर्सिएर एक अर्काको समर्थन गर्ने बानि बसाल्नुपर्छ’- दिपकराज गिरि

loading...

केहि समय नेपाली चलचित्र क्षेत्रमा अर्काको कुरा काट्ने प्रवृति निकै हाबी थियो। राम्रा चलचित्र बने पनि त्यसको समर्थन गर्ने नसक्ने एक जमात नै बन्थ्यो। पछिल्लो समय त्यस्तो प्रवृतिमा कहि कमि आएको छ। राम्रा चलचित्रलाई सपोर्ट गर्ने एक प्रकारको परम्पराको विकास हुदै आएको छ। जसले राम्रा चलचित्रकर्मी विचमा एकताको आभाष गर्न सकिन्छ। यस्तै विषयमा कलाकार दिपकराज गिरीले आफ्नो विचार अभिव्यक्त गरेका छन्।

बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को ट्रेलर लन्च कार्यक्रममा बोल्दै दिपकराज गिरीले आन्तरिक प्रतिस्पर्धालाई बिर्सिएर एक अर्काको समर्थन गर्ने बानि बसाल्नुपर्छ भन्ने विचार अभिव्यक्त गरेका छन्। उनले विदेशमा जसरि राम्रा चलचित्रको समर्थन हुन्छ त्यसै गरि उनले नेपाली चलचित्र क्षेत्रमा समेत त्यो वानीको विकास हुनेमा विस्वास व्यक्त गरे। उनले ‘लुट २’ को सफलताको शुभकामना समेत दिए।  ‘लुट २’ फागुन १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Comments

comments