दिपक लेख्छन्, साम्राज्ञि संग बिहे नै भा छैन, डिभोर्सको के कुरा ?

loading...

पछिल्लो समय दिपक-दिपा चलचित्र ‘छक्का पन्जा फेरी’ निर्माणको तयारीमा रहेका छन्। वर्ष २०७३ को सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल तयारीमा रहेका दिपक-दीपाको चलचित्रमा प्राय: पुराना कलाकारहरुको (छक्का पन्जामा काम गरेका) बाहुल्यता रहेको छ।

तर निर्माण टिमले दूई जना नयाँ कलाकार थप्ने तयारी गरेको छ। पछिल्लो समय अभिनेत्री साम्राज्ञिले चलचित्र ‘छक्का पन्जा फेरी’ मा काम गर्न अस्विकार गरेको बिषयले सिनेबृतमा निकै राम्रो चर्चा पायो। सोहि बिषयलाई लिएर दिपकराज गिरीले सामाजिक संजाल मार्फत आफ्नो प्रतिक्रिया जनाएका छन्।
दिपक भन्छन चलचित्रको स्क्रिप्ट नै तयार भएको छैन कसरि नयाँ कलाकार छनोटको बिषय रहन्छ र ?

दिपकराज गिरीको स्टाटस जस्ताको तस्तै:

साम्राज्ञिले छक्का पन्जा छोडिन भन्ने न्यूज़  भाइरल भएछ… फिल्मको कथा नै तैयार भै सक्या छैन , कसरी छोडिछन्?
रिलिज भैसक्या छक्का पन्जा छोडिन पो भन्या हो कि?
जबकि चल्तिका २,३ नायिकाहरू पहिलै छन् फिल्ममा
ती नब नायिकाको नाम किन भजाउनु हाम्ले?
साम्राज्ञि संग फिल्मको बिहे नै भा छैन …. डिबोर्सको के कुरा?
डिवोर्स हुनलाइ पहिला बिहे त हुनु पर्यो?

Comments

comments