दिपक-दीपाको बिहे भएको भए के हुन्थ्यो? (भिडियोसहित)

loading...

हास्यकलाकारिता क्षेत्रमा निकै लामो समयबाट लोकप्रिय बनेको जोडी हो, दिपकराज गिरि र दिपाश्री निरौला। रेडियो नेपालमा धनियाँ र रामविलासको जोडी बनेर चर्चा कमाएका दिपक दिपालाई दर्शकले सवैभन्दा बढी ‘तितोसत्य’ मार्फत रुचाए।
पर्दामा श्रीमान-श्रीमतीको रुपमा देखिएका यी दुईलाई धेरैले असली श्रीमान श्रीमतीको रुपमा नै हेर्ने गरेका थिए।
असली जीवनमा दिपकराज गिरि विवाहित हुन् भने दिपाश्री अविवाहित रहेकी छिन्।

असली जीवनमा दिपक-दीपाको विवहा भएको भए के हुन्थ्यो त ?
दिपकराज भन्छन्, यदि हाम्रो साच्चिकै विवहा भएको भए हामि रियलमा श्रीमान श्रीमती हुन्थ्यौ होला, हाम्रो छोराछोरी हुन्थेहोला। अनि छोराछोरी पुर्याउन स्कुल जादै हुन्थ्योहोला। ‘
यहि बिषयमा दिपाश्री थप्छिन्, ‘ख्याल ख्यालमा विवहा भयो र वडा नम्वर छ’, छ एकान छ’ र छक्का पञ्जा जन्मियो। ‘
एक अर्काको निकै राम्रो मित्र दिपक र दिपाले संगै कलाकारिता यात्रमा सहयात्रा गरेको निकै बर्ष भैसकेको छ।
पछिल्लो समय यो जोडी ‘छक्का पन्जा फेरी’ को तयारीमा जुटिरहेको छन् ।

Comments

comments