हलिउड चलचित्र ‘एक्सएक्सएक्स रिटर्न अफ जेण्डर केज’ को पहिलो रिलिज मुम्बईमा

loading...

बलिउड अभिनेत्री दिपिका पादुकोण अभिनित हलिउड चलचित्र ‘एक्सएक्सएक्स रिटर्न अफ जेण्डर केज’ यतिबेला रिलिजको तयारीमा रहेको छ। जनवरि १४ बाट रिलिज हुन लागेको चलचित्र सवैभन्दा पहिले भारतमा रिलिज हुने भएको छ।
बुधवार दीपिकाले ट्वीट गर्दै चलचित्रको पहिलो रिलिज भारतमा हुन लागेकोले आफु निकै रोमान्चित भएको समेत बताएकी छिन्।
डिजे क्रुसोद्धारा निर्देशित यो चलचित्रमा अभिनेता विन डीजल रहेका छन्। बलिउड सुन्दरीको यो पहिलो हलिउड चलचित्र रहेको छ।

Comments

comments