दीपिकाले छाडेका पाच सफल बलिउड चलचित्र

loading...

बलिउडमा दीपिका पादुकोण निकै सफल अभिनेत्रीको रुपमा गनिने गर्दछिन्। हरेक सफल अथवा नयाँ अभिनेत्रीलाई बलिउडका तीन खान (सलमान, शाहरुख र आमिर) संग काम गर्ने चाहाना हुन्छ। दीपिकाले बलिउडमा दिपिकाले धेरै सफल चलचित्र दिएकी छिन्। उनले धेरै सुपरहिट चलचित्र दिए पनि धेरै सुपरहिट चलचित्रमा उनले अभिनय प्रस्ताव अस्विकार गरेकी छिन्। उनले सलमानको साथ तीन र शाहरुख र आमिरको  साथमा एक-एक चलचित्रमा काम गर्ने अफर अस्विकार गरेकी थिइन्।


१ सुल्तान
सन् २०१६ मा रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ सुपरहिट चलचित्र रहेको थियो। चलचित्रमा रेस्लर र सलमान पत्नीको रुपमा अनुष्का शर्मालाई देख्न सकिन्छ। तर अनुष्का भन्दा पहिले यो रोलको लागि दीपिकालाइ अफर गरिएको थियो।
२. प्रेम रतन धन पायो
सलमान खान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’ मा सोनाम कपुरलाई देख्न सकिन्छ। राजकुमारी मैथली देवी को भूमिकामा देखिएको सोनामको यो रोल दीपिकालाइ अफर गरिएको थियो। तर दीपिकाले यो चलचित्र अस्विकार गर्दै रणवीर सिह स्टारर चलचित्र ‘बाजिरावो मस्तानी’ मा काम गरेकी थिइन्।
३. किक
सन् २०१४ मा रिलिज भएको चलचित्र ‘किक’ मा सलमान खान र ज्याकलिन फर्नान्डेज मुख्य भूमिकामा रहेका छन्। यो चलचित्रमा ज्याकलिन देखिएको शाइन मेहराको रोल पहिला दीपिकालाई अफर गरिएको थियो। तर उनले यो चलचित्रमा काम गर्न अस्विकार गरेकी थिइन्।
४. धुम ३
सन् २०१३ मा रिलिज भएको चलचित्र ‘धुम ३’ आमिर खान र कटरीना कैफ मुख्य भूमिकामा रहेका थिए। सफल चलचित्रमा कटरीना भन्दा पहिला दीपिकालाई अफर गरिएको थियो।
५. जब तक है जान
सन् २०१२ मा रिलिज भएको शाहरुख खान अभिनित चलचित्रमा दीपिकाले काम गर्न अस्विकार गरेकी थिइन्। दीपिकाले अस्विकार गरेपछि पछी कटरीना चलचित्रमा मुख्य भूमिकामा देखिएकी थिइन्।

Comments

comments