खगेन्द्र र सुरक्षाको ‘धनपति’ असार २३ मा

loading...

निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘धनपति’ को सुटिङ अगावै रिलिज मिति तय गरिएको छ।
टुकी आर्ट्स प्रा.लि ले  दिपेन्द्र के. खनाल प्रोडक्सनसंग सहकार्य गरेर निर्माण गर्न लागेको चलचित्र २०७४ साल असार २३ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने निर्देशक दिपेन्द्र के. खनालले बताए।
निर्देशकले सामाजिक संजालमार्फत निकालेको प्रेश विज्ञप्तीमा चलचित्र माघ २७ गतेबाट सुटिङमा जाने उल्लेख गरिएको छ।


सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउछ? भन्ने कुराको वरिपरी चलचित्रको कथा घुम्ने निर्देशले बताए।
खगेन्द्र लामिछानेको कथा,पटकथा र संवाद रहेको चलचित्रलाई रोजिना सिटौलाले निर्माण गरेकी हुन्।
चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहने छ।
जारी प्रेस विज्ञप्तीमा ‘पशुपति प्रसाद’को अपार सफलता पछी बन्न लागेको चलचित्रले दर्शकको मन जित्न सक्ने अपेक्षा भाव व्यक्त गरिएको छ।

Comments

comments