यस्तो छ ५ अर्व लगानीको धुर्मुस-सुन्तलीले गरेको ‘नमुना नेपाल’ को परिकल्पना (भिडीयो)

loading...

सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले अहिलेसम्म तीनवटा नमुना वस्ती निर्माण गरिसकेका छन्। काभ्रेमा एकीकृत नमुना पहरी बस्ति, सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत नमुना बस्ति र महोत्तरीको बर्दिबासको एकीकृत नमुना मुसहार बस्ति पछी धुर्मुस-सुन्तली फाउन्डेसनले आफ्नो चौथो प्रोजेक्ट सार्वजनिक गरेका छन्। करिव ५ अर्ब लगानी लाग्ने बताईको ‘नमुना नेपाल’ नामक महत्वकांक्षी प्रोजेक्टको आज एक कार्यक्रमका बीच घोषणा गरिएको छ।

नमुना नेपालको लागि ५ सय देखि १०० रोपनी सम्मको जग्गा आवश्यक रहने बताईएको छ। ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ले यो महत्वाकांक्षी प्रोजेक्ट अगाडी सारेको हो। जग्गा उपलब्ध भएकै दिन शिलान्यास गर्ने बताईएको प्रोजेक्टले हिमाल, पहाड र तराईलाई एकै ठाउँमा चित्रण गर्नेछ।

सरकारबाट प्रोजेक्ट निर्माणमा साथ मिल्ने अपेक्षा राखेका धुर्मुसले भने, ‘शिलन्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुने घोषणा गर्नेछौ। हामीलाई आशा छ सरकारबाट सहयोग मिल्नेछ।’ उनले थपे,’ सरकारबाट सहयोग नमिले पनि हामि यो प्रोजेक्ट पुरा गरेर छाड्नेछौ।’

नमुना नेपाल भित्र लुम्बिनी देखि मोनो रेल, हिमाल, गुम्बा, स्तुपा, संग्राहलय, खेल मैदान लगायतका समग्र नेपाल चित्रण गर्ने कुराहरु समावेश हुनेछन्। नेपालमा रहेको विभिन्न खाले विभेदको अन्त्य गर्ने नमुना नेपाल सफल हुनेमा धुर्मुस विश्वस्त देखिन्थे।

केहि बर्ष अगाडी कुन्जना घिमिरे ‘सुन्तली’ ले देखेको नमुना नेपालको सपना अब साकार हुने तयारीमा रहेको छ। हिमाल पहाड र तराईमा आर्थिक अवस्था कमजोर रहेका जनताको पहिचान गरेर उनीहरुलाई त्यहाँ राखिने बताईएको छ।
समग्र नेपाल घुम्न नसक्नेको लागी नमुना नेपाल एउटा गन्तब्य बन्नेछ। जहाँ बाट सवैले नेपालको बारेमा जनाकारी प्राप्त गर्नेछन्।

Comments

comments