पोस्टरमा कति फिट छ डल्ली र सन्नीको जोडी?

loading...

जेठ ५ गतेलाई रिलिज मिति तय गरेर प्रमोशन थालिएको चलचित्र ‘डायरी’ को अफिसियल पोस्टर रिलिज गरिएको छ। रिभेन्ज लभ स्टोरी चलचित्रको सार्वजनिक दूई पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहलाई प्रस्तुत गरिएको छ। छुल्ठिम ‘नोभेम्बर रेन’ डेव्यु अभिनेत्री हुन् भने सन्नी यहि चलचित्र मार्फत डेव्यु गर्दैछन्।

तर चलचित्र कि मुख्य पात्र रेखा थापा भने दुवै पोस्टरमा अटाएकि छैनन्। पहिलोपटक भिलेन अवतारमा प्रस्तुत भएकी रेखा किन अटाइनन् त पोस्टरमा? निर्मात्री समेत रहेकी छुल्ठिम भन्छिन्, ‘ हामि रेखाको सोलो पोस्टर रिलिज गर्ने तयारीमा छौ। अहिलेलाई दूई पात्रको मात्रै पोस्टर रिलिज गरेका हौ।’

छेतन गुरुङको कथा रहेको चलचित्रलाई अनिल योन्जनले निर्देशन गरेका छन्। चलचित्रको पोस्टर सान थापा र विजय बस्याल (टौवा क्रियशन) ले तयार गरेका हुन् ।

Comments

comments