फ्राइडे रिलिजमा ‘डायरी’

loading...

जेठ ५ गते शुक्रबार बाट चलचित्र ‘डायरी’ रिलिज भएको छ। छुल्ठिम गुरुङको लगानीमा निर्माण भएको चलचित्रलाई अनिल योन्जनले निर्देशन गरेका छन्। बैशाख महिनाभरी खासै ठुला नेपाली चलचित्र रिलिज नभएको परिपेक्षमा यो चलचित्र प्रतिक्षित बनेको छ। चलचित्र देशभरका ८० भन्दा बढी सिनेमा घरमा रिलिज भएको छ।

ट्रेलर रिलिज संगै चर्चा कमाएको चलचित्र कस्तो बनेको छ भन्ने चासो बनेको छ। रेखा थापा पहिलोपटक भिलेन अवतारमा प्रस्तुत भएको चलचित्रमा छुल्ठिम गुरुङ र सन्नी सिंह मुख्य भूमिकामा रहेका छन्।

छुल्ठिम नोभेम्बर रेन पछी करिव २ बर्ष पछी पर्दामा फर्किएकी छिन्। रेखाको स्टारडमले चलचित्रलाई कतिको फाइदा हुने हो त्यो भने अब चलचित्रले बटुलेको प्रतिक्रिया पछी थाह हुनेछ।

Comments

comments