पर्दामा फर्किए दिलिप रायमाझी, कति सुहायो रजनी संग जोडी ?

loading...

परदेशी जस्तो सफल चलचित्रमा अभिनय गरेर निकै राम्रो तारिफ कमाएकी रजनी केसीले त्यसपछि सम्झन लायक चलचित्र दिन सकेकी छैनन्। ‘परदेशी’ चलचित्रमा सफलता हासिले गरे पनि त्यो पश्चात ‘ब्रासलेट’ र ‘लालजोडी’ चलचित्रमा भने उनि असफल रहिन्। दुवै चलचित्रलाई दर्शकले पत्याएनन्।

‘लोफ़र’ चलचित्र मार्फत डेव्यु गरेकी रजनी यतिबेला आफ्नो नयाँ चलचित्रको छायाँकनमा व्यस्त रहेकी छिन्। पर्वतमा पुराना अभिनेता दिलिप रायमाझी संग उनि ‘रमिता’ नामक चलचित्रको छायाकनमा रहेकी छिन्। निकै लामो समयको अमेरिका बसाई पछी रायमाझी नेपाली चलचित्रमा देखिन लागेका हुन्। कुनै समय नृत्य र अभिनय कलाले दर्शकलाई निकै लिभ्याएका दिलिप निकै लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढीएका थिए।

रंजित कुमार केसीको निर्देशनमा बन्न लागेको चलचित्रमा उनि पर्वतको एक गाउले केटिको भूमिकामा देखिन लागेकी छिन्।
रजनीले भनिन्,’पर्वतको कुस्मामा यतिबेला चलचित्रको सुटिङ चलिरहेको छ। यो चलचित्रमा म पर्वतको गाउँले केटिको भूमिकामा देखिएकी छु। ‘

करिव एक महिना छायाकन चल्ने बताईएको चलचित्रलाई इश्वरी प्रसाद पाण्डे र रंजित कुमार केसीले मिलेर निर्माण गरेका छन्। चलचित्रलाई शिवराम श्रेष्ठले खिचिरहेका छन्।

तस्विर:रजनी केसीको फेसवुकबाट 

Comments

comments