कोही १६ त कोहि १९, कम उमेरमा बलिउडमा डेब्यु गर्ने पाँच अभिनेत्री

loading...

विश्व चलचित्र बजारमा बलिउडलाई निकै नजिक बाट नियाल्ने गरिन्छ। निकै ठुलो चलचित्र बजारको रुपमा हेरिएको बलिउडमा धेरैको काम गर्ने चाहना रहेको हुन्छ। आज हामी बलिउडमा कम उमेरमा डेव्यु गरेका अभिनेत्रीको बारेमा चर्चा गर्न लागिरहेका छौ।

१ आलिया भट्ट (१९ बर्ष)
पछिल्लो समय बलिउडमा निकै सफल अभिनेत्रीको रुपमा आलिया भट्ट परिचित रहेकी छिन्। क्युट मुहार अनि आफ्नो अभिनयको कारण चाडै सफल बन्न सफल आलियाले १९ बर्षको उमेरमा ‘स्टुडेन्ट अफ द ईयर’ मार्फत सन् १०१२ मा बलिउडमा डेव्यु गरेकी थिइन्। आलियाले ‘टु स्टेसस्’, ‘हम्प्टि शर्मा की दुल्हनिया’,’ कपुर एण्ड सन्स’,’ बद्रीनाथ कि दुल्हनिया’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी छिन्।

२.करिश्मा कपुर (१७ बर्ष)
बलिउडमा निकै सफल चलचित्र दिएकी करिश्मा कपुरले सन् १९९१ मा ‘प्रेम कैदी’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेकी थिइन्। बलिउडमा डेव्यु गर्दा उनि १७ बर्षकी रहेकी थिइन्। उनले ‘जिगर’, ‘अनाडी’, ‘राजा बाबु’, ‘राजा हिन्दुस्तानी’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी छिन्।

३. काजोल (१६ बर्ष)
बलिउडकी सफल अभिनेत्री हुन्, काजोल. १९९२ मा ‘बेखुदी’ चलचित्र मार्फत बलिउडमा डेव्यु गर्दा काजोलको उमेर १६ बर्ष रहेको थियो। काजोलले ‘बाजिगर’, दिल्लगी’, ‘दिलवाले’ लगायत धेरै सफल चलचित्रमा अभिनय गरेकी छिन्।

४. रानी मुखर्जी (१९ बर्ष)
रानी मुखर्जीले १९ बर्षको उमेरमा बलिउडमा डेव्यु गरेकी थिइन्। उनले १९९७ मा ‘राजा कि आएगी बारात’ मार्फत बलिउडमा डेव्यु गरेकी थिइन्। उनले ‘कुछ कुछ होता है’, ‘साथिया’, चलते-चलते’ लगायतका धेरै सफल चलचित्रमा काम गरेकी छिन्।

५. तमन्ना (१६ बर्ष)
तमन्नाले १६ बर्षको उमेरमा सन् २००५ मा बलिउडमा डेव्यु गरेकी थिईन्। उनले ‘चांद सा रोशन चेहरा’ चलचित्र मार्फत बलिउडमा डेव्यु पश्चात साउथ चलचित्रमा काम गरेकी थिइन्। उनले ‘हमशकल’,’हिम्मतवाला’ लगायतका बलिउड चलचित्रमा काम गरेकी छिन्। -एजेन्सी

Comments

comments