फ्राइडे रिलिज: दया-सौगात भर्सेस निखिल, के देखिएला स्टारडमको भिडन्त?

loading...

फ्राइडे रिलिज अन्तर्गत शुक्रबार बाट दुई चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन्। एक्सन स्टार निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा रहेको चलचित्र ‘निर्भय’ संग दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘लप्पन छप्पन’ भिड्न तयार भएको हो।

 

निखिललाई सिंगल थिएटरको बादशाह मानिन्छ भने दया सौगातको मल्टिप्लेक्समा एकछत्र जस्तै राज रहने गर्दछ। यो अर्थमा दुवैको लडाईको मैदान केहि फरक भए पनि यसबाट निस्कने नतिजाले दुवै चलचित्रलाई असर भने पक्कै पार्ने गर्दछ। मल्टीप्लेक्समा र सिंगल थिएटरका दर्शक केहि फरक भए पनि एकसाथ दूई चलचित्र आउँदा पक्कै पनि केहि असर भने देखिने छ।

दुवै चलचित्रबाट अभिनेताहरुलाई जस्तोसुकै असर परे पनि दूई अभिनेत्रीहरु भने यो चलचित्रबाट आफ्नो करियरलाई अज्ज उकालो लगाउने प्रयासमा भने पक्कै रहनेछन्। अभिनेत्री नीता ढुंगानाका लगातार केहि चलचित्र फ्लप रहेका छन् भने तीनवटा चलचित्र प्रदर्शनमा आइसके पनि बर्षाले पाउनु पर्ने हाईप पाउन सकेकी छैनन्। यो अर्थमा पनि दूई अभिनेत्रीको लागि चलचित्र निकै महत्वपूर्ण रहने छ।

त्यसो त चलचित्र प्रमोशनको लागि निखिल राजधानी बाहिर केहि सक्रिय रहे पनि राजधानी भित्रिएनन् भने दया र सौगात चलचित्रको प्रमोशनमा नै छाएनन्। सौगातले आफ्नो अभिनयको बारेमा केहि बताए पनि दयाले निर्माण टिमलाई पूर्ण ईग्नोर नै गरे।

चलचित्र ‘निर्भय’ लाई मधुसुदन भट्टराईले निर्देशन गरेका छन् भने मुकुन्द भट्ट को निर्देशनमा ‘लप्पन छप्पन’ तयार भएको छ।

Comments

comments