‘केटीहरुले किस गर्न खोज्दा लाज लाग्छ, त्यसैले भाग्छु’- अनुभव रेग्मी (भिडियोसंवाद)

loading...

अनुभव रेग्मीले सानै उमेरमा निकै ठुलो फ्यान फलोईङ् बनाईसकेका छन् । बाल कलाकारको रुपमा स्थापित अनुभव अभिनेत्री कविता रेग्मीका छोरा हुन् । सानै उमेरबाट अभिनय यात्र थालनी गरेका अनुभवको चलचित्र यात्रामा सफलता ‘नाइँ न भन्नु ल २’ बाट भएको थियो । त्यसपछि ‘नाइँ न भन्नु ल’ को हरेक सिरिजमा देखिएका अनुभवको नयाँ चलचित्र ‘शब्द’ पौष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।


यहि क्रममा अनुभव रेग्मी र कविता रेग्मी संग हामीले अनुभवको चलचित्र यात्रा र उहाहरुको व्यतिगत जीवनको बारेमा कुराकानी जोडेका छौ । फ्यानहरुले उपहार पठाउने देखि राति अबेर संग फोन गर्ने सम्झदै अनुभवले भने धेरै माया गर्ने फ्यानहरु पाएको छु ।कविताले यहि प्रसंगमा थपिन केहि फ्यानहरुले त आफ्नो थर पनि रेग्मी नै बनाएको समेत बताईन् ।

त्यस्तै केटीहरुले किस गर्न खोज्दा अनुभव त्यहाबाट भाग्ने गरेको कविता ले बताईन् । किन भाग्छन त अनुभव?
यस प्रसंगमा अनुभवले भने,’ मलाई लाज लाग्छ केटीहरु किस गर्न आउदा ।’
पर्दामा सधै रुवाउन माहिर भनेर चिनिएका अनुभवले पर्दामा रुने सिङ दिनुपर्दा आफ्नो हजुरबाबालाई सम्झने बताए। उनले भने ,’जब हजुरबाबालाई सम्झन्छु, आखाबाट आशु आफै झर्छन र त्यो सिनले झन् बढी जीवन्तता पाउछ।’
उनै चर्चित बाल कलाकार अनुभव रेग्मी र उनको मम्मी कविता रेग्मीसंग गरिएको रमाईलो र बिशेस कुराकानी भिडियोमा प्रस्तुत गरेका छौ  ।

Comments

comments