बरिष्ठ हास्यकलाकर मदनकृष्ण श्रेष्ठको जन्मदिनमा जे देखियो (भिडियो)

loading...

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ ६७ बर्ष पुरा भएका छन्। बैशाख ७ गते जन्मिएको भए पनि तिथिको हिसाबले बैशाख १४ गते बिहिबार उनले आफ्नो जन्मदिन मनाए। चलचित्र ‘छक्का पन्जा २’ को शुभमुहर्त सेटमा नै उनले आफ्नो जन्मदिनको केक काटेका थिए। हास्यकलाकार तथा मिडियाको बाक्लो उपस्थितिमा उनले आफ्नो जन्मदिन मनाएका हुन्।

करिव ४ दशक बाट हास्यकलाकारिता क्षेत्रमा सक्रिय मदनकृष्ण श्रेष्ठले  धेरै टेलिशृङ्खलामा अभिनय गरिसकेका छन्। बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य संग जोडी बाधेर बिगत ३७ बर्षबाट मह जोडी बनेर देश विदेशका दर्शकलाई मनोरन्जनात्मक तथा सन्देशमुलक प्रस्तुति मदनकृष्णले दिदै आएका छन्। आज तिथिको हिसाबले उनले जन्मदिन मनाईहदा उनले हरिवंश आचार्य संग जोडी बाधेको ३७ बर्ष पुरा भएको छ।

हरिवंश आचार्य सम्झन्छन् ,’आज भन्दा ३७ बर्ष पहिला मदन दाई र मेरो सहकार्य जोडिएर महजोडी जन्मिएको थियो। ‘

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना।

Comments

comments